काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू गलत हो भने पक्राउ गर्न चेतावनी दिएका छन्। मंगलबार दिउँसो सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर शाहले आफ्नो फेसबुक पोस्ट हटेकोबारे संक्षिप्त टिप्पणी गरेका छन्।
दुई दिनअघि नेकपा एमालेकी सांसद रेखा शर्माबारे मेयर बालेनले लेखेको स्टाटस फेसबुकले हटाएको थियो। त्यसप्रति जवाफ दिँदै उनले भनेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार।
म गलत हो भने मलाई समाउm, हैन भने दोषी समाऊ,’ मेयर बालेनले भनेका छन्।












