काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्यको कुनै पहिचान नहुने भन्दै कविता लेखेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेको कविता कोप्रति लक्षित हो भन्ने प्रष्ट नभएपनि आफूले गर्दै आएका काम र निर्णय सहि रहेको दर्शाउन खोजिएको जस्तो छ।
बागमती नदी किनारमा रहेका बस्ती खाली गराउन सर्वौच्च अदालतले बाटो खोलाइदिएपछि उनका लागि सहज भएको कविताको भावबाट बुझ्न सकिन्छ।
उनले लेखेको कविता जस्ताको तस्तैः
सत्यको कुनै एउटा पहिचान,
कुनै नाम हुँदैन,
मिथ्याको जस्तो ठूलो अभिमान ,
कुनै शान हुँदैन,
जलझै शीतल, फूलझैं कोमल,
सुन न पित्तल, किसानझै फोहर,
आकाशझै विशाल ,
स्पर्शझै सुक्ष्म,
सगरमाथाझै हिमाल,
थोपाझै पूर्ण,
सत्यको कुनै दाम हुँदैन,
कुनै एउटा पहिचान,
कुनै एउटा काम हुँदैन। नाम हुँदैन।