काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले जेन जी पुस्ताले भोलि काठमाडौंमा गर्ने भनेको स्वतःस्फूर्त आन्दोलनप्रति समर्थन जनाएका छन्। फेसबुकमा स्टाटस लेख्दै मेयर साहले उमेर हदका कारण आफू प्रत्यक्ष सहभागी नहुने भए पनि आन्दोलनका उद्देश्य र सोच बुझ्न चाहेको र भरपुर समर्थन रहेको बताएका छन्।
साहले भनेका छन्, “भोलिको र्याली स्पष्ट स्वतःस्फूर्तरूपमा जेन जेडको हो र उहाँहरू २८ वर्ष मुनिका हुनुहुन्छ। म उमेर हदबन्दीका कारण जान सक्दिनँ, तर उहाँहरूको कुरा बुझ्न मन छ। भोलि स्वतःस्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता वा सांसद आफ्नो स्वार्थ पूरा गर्न बाटो नबन्नु होला।”
उनले स्वतःस्फूर्त र्यालीमा राजनीतिक स्वार्थ प्रवेश नगर्न चेतावनी दिएका छन्।












