काठमाडौं । बाजुरा बुढीगंगा नगरपालिका-८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ । ग्यास सिलिन्डर पड्किएर शुक्रबार दिउँसो भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
त्यस क्षेत्रमा एक लाइनमा करिब ३०-३५ पसल थिए । आगलागीमा मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको बताइएको छ ।












