काठमाडौं । संघीय प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट पारित गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा पेस गरेको विनियोजन विधेयक २०८२ लाई प्रतिनिधिसभाको आजको बैठकले बहुमतले पारित गरेको हो ।
बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू अनुपस्थित थिए । उनीहरूले बजेटमाथिको छलफल पुरै बहिष्कार गरे ।












