Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

बबिनाले ल्याइन्‘बिर्सिएर तिमीलाई’(भिडियोसहित)

बबिनाले ल्याइन्‘बिर्सिएर तिमीलाई’(भिडियोसहित)

काठमाडौं । बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक भएको छ ।

बिर्सिएर तिमीलाई बाँच्न कहाँ सकुला र म
रुवाएर तिमीलाई हाँस्न कहाँ सकुला र म
बाध्यताले टाढै भए पनि
तिम्लाई छोडि अन्तै नाता गाँस्न कहाँ सकुला र म …

Subisu

माया पिरतीमा सधैं मिलन हुन्छ, सधैं सम्वन्ध सुमधुर हुन्छ भन्ने नहुने रहेछ । मुटु साटेर लाएको मायामा पनि विभिन्न कारणले दरार आउन सक्छ, बाध्यताले टाढा बनाउन सक्छ तर त्यति बेला पनि दुई प्रेमिल मन भने भित्री रुपमा एकअर्का संग जोडिएकै हुन्छन् ‘मनै देखि लाएको माया मर्दै मर्दैन’ भनेर प्रशिद्ध गीतकार वि.वि.थापाले लेखेका गीति हरफ जस्तै । जव बाध्यताले टाढा हुनु पर्छ त्यति बेला दुवै मन विह्ल हुन्छन्, विचलित हुन्छन्, ती विह्ल र विचलित दुवै मनमा एउटै भाव आउँछ एकअर्कालाई विर्सिएर बाँच्न नसक्ने अनि एउटाले अर्कोलाई रुवाएर हाँस्न नसक्ने । बाध्यता एउटा पाटो हो मनमा गढेको माया अर्को पाटो । परिस्थिति जे जसो भए पनि मन एकअर्कामा जोडिएको छ तोडेर अन्त नाता गाँस्न सक्ने सम्भावना नै रहदैन ।

कहिले नजिक कहिले टाढा जिन्दगीको खेलै यस्तै
सुख, दुःख जिन्दगीका रङ्गहरु बेग्लै बेग्लै
टुटाएर तिमीलाई भुल्नु कहाँ सकुला र म
बिझाएर तिमीलाई फुल्न कहाँ सकुला र म
बाध्यताले टाढै भए पनि
तिम्लाई छोडि अन्तै नाता गाँस्न कहाँ सकुला र म …

यसरी दुवैमा एकाकार भइसकेका दुई मन बाध्यताले टाढिदा दुखेको, विरहले पिल्सिएको मन बुझाउन भन्ने गर्छन् ‘कहिले नजिक अनि कहिले टाढा हुनु त जिन्दगीको रित नै हो, जिन्दगीको खेल नै यस्तै हो, सुख, दुःख, मिलन, विछोड यिनै जिन्दगीका रङ्गहरु रहेछन्, मिलन हुनु नै विछोडिनको लागि रहेछ ।’ र पनि ती प्रेमिल मन एकअर्कालाई बिझाएर फुल्न नसक्ने अनि एकअर्कालाई टुटाएर भुल्न नसक्ने भाव मन भरि संगाल्छन् ।

मेरो मनको मझेरीमा तिमी आइ बसिदिनु
यो मायाको बन्धन दरो गरि कसिदिनु
तड्पाएर तिमीलाई छोड्न कहाँ सकुला र म
दुखाएर तिमीलाई तोड्न कहाँ सकुला र म
बाध्यताले टाढै भए पनि
तिम्लाई छोडि अन्तै नाता गाँस्न कहाँ सकुला र म …

विवशता र बाध्यताले टाढिए पनि उनको साथ खोजिरहन्छ मनले । केहि कमि, कमजोरी भयो होला मायामा सायद, केहि त्रृटि भयो होला पिरतीमा, केहि असमझदारी, केहि शंका, केहि परिस्थिति बाधक बन्यो होला सायद । के ती कमिकमजोरीलाई सच्याएर, फेरि पुरानै भावमा, पहिले जस्तै माया लाउन नमिल्ने हो र ? मनमा याद त मेटिएको छैन नि, मनको प्रीतको दीप त निभेको छैन नि, दुवैलाई एकअर्काको अभाव त महशुष भएको छ नि, समझदारी गरेर फेरि माया लाउन नमिल्ने हो र ? पल पल यादमा आइरहने तिमी फेरि जीवनमा आउन मिल्दैन र ? आखिर एकअर्कालाई तड्पाएर छोड्न नसक्ने अनि एकअर्कालाई दुखाएर नाता तोड्न नसक्ने अवस्था दुवै मनमा रहेको छ । फेरि पनि एउटा चाह संगालेको छ मनले पुनर्मिलनको । गीतमा आग्रह गरिएको छ मनको मझेरीमा बसिदिन अनि मायाको बन्धन दरो गरि, अव कहिल्यै नचुडिने गरि, नफुस्कने गरि कसिदिनको लागि । बाध्यताले टाढिएको मन फेरि जोडिने आशा गीतमा भेटिन्छ ।

प्रेम र त्यस पछि बाध्यताले टाढा हुन परेको वियोगको भाव अनि पुनर्मिलनको केहि आशा, केहि अपेक्षा बोकेको गीत ‘विर्सिएर तिमीलाई’ बबिना भट्टराईको अफिसियल युट्व च्यानलबाट सार्वजानिक भएको छ । गीत ‘विर्सिएर तिमीलाई’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर संगीत तथा शब्द मासार्वजनिक भएको छ । स्वरमा बबिनालाई बैकुण्ठ प्रधानले साथ दिएका छन् । गायन र संगीतमा अब्बल बबिना गीत ‘विर्सिएर तिमीलाई’ मार्फत गीतकारको रुपमा पनि आफ्‌ना दर्शक श्रोता माझ आएकी छिन्, हुन त यो भन्दा अघि पनि उनका शब्दमा केहि गीतहरु सार्वजनिक भइसकेका छन् । गीत ‘विर्सिएर तिमीलाई’ ले बबिनालाई सुमधुर स्वर र मधुर संगीतको धुन भर्न सक्ने संगीतकर्मीका साथै राम्रा र मार्मिक शब्द लेख्न सक्ने गीतकारको रुपमा पनि परिचय थपिदिएको छ ।

‘बिर्सिएर तिमीलाई’ गीतको एरेन्ज साहस शाक्यले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । गीत म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीले रेकर्ड गरेका हुन् । गीतमा नोभा ठकुरीले गितार र भरत बुढाथोकीले मादलको सुमधुर धुन भरेका छन् । गीत ‘बिर्सिएर तिमीलाई’ को राम्रो भिडियो बनेको छ । भिडियोमा बिना राउत, शिवजी क्षेत्री, नविन लुहागुन लगायतले आफ्‌नो अभिनय गरेका छन् । कलाकारलाई रोशिना अधिकारीले आफ्‌नो श्रृङ्गार कलाले सिंगारेकी छिन् । भक्तपुरको गुण्डुमा शिवजी क्षेत्रीको निर्देशन र कोरियोग्राफीमा सुनिल राउत र समुहले खिचेका गीतको भिडियोको सम्पादन तथा कलर सांग्रिला स्टेशनमा विनोद वमले गरेका छन् ।

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा श्रोताको मुटुको ढुकढुकी बनेकी छिन् ।

संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्‌नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् ।

भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।

गीत ‘बिर्सिएर तिमीलाई’ तिमीलाई पछि विगत केहि वर्ष देखि हरेक वर्ष महाशिवरात्रीको अवसरमा शिव भजन लिएर आउने गरेकी बबिनाले यस पटकको महाशिवरात्रीको पावन अवसरमा पनि दिनेश खनालको शब्द अनि बबिनाको आफ्‌नै स्वर तथा संगीतमा शिव भजन केहि दिनमा सार्वजनिक हुने क्रममा रहेको उनले जानकारी दिएकी छिन् ।

भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host