Outline Khabar
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
                                                       
No Result
View All Result

उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो ।

साहित्यिक पत्रकार संघको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि सांसद डा.अमरेशकुमार सिंह र मञ्चासिन अतिथिहरूले उक्त कृतिको लोकार्पण गरेका थिए ।

Subisu

संघका अध्यक्ष राधेश्याम लेकालीको सभापत्विमा भएको समारोहमा महाकाव्यकार खेमनाथ दाहालले कृतिमाथि टिप्पणी गरेका थिए । उनले उपन्यासभित्रका पात्रका बारेमा क्रुरता र ममता दुबै भाव रहेको उल्लेख गर्दै एकातिर भौतिक सुख सुविधाको इच्छा र अर्कोतिर सत् पनि रहेको प्रसंग कोट्याएका थिए ।

विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, उत्तम केसी, खनाल सेवा समाजका महासचिव माधव खनाल, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, गायक÷संगीतकार सन्तोष श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्दै डा.उपाध्यायको कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गरेका थिए । कलाकार मदनदासले महिशासुर नाटकको सानो अशं सम्वादसहित अभिनयसमेत प्रदर्शन गरेका थिए ।

कार्यक्रमका अध्यक्ष लेकालीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए । उनले डा.उपाध्यायका कृतिहरूको चर्चा गरेका थिए । यस्तै गायक एवं संगीतकार सागर अधिकारी ‘घायल’ले डा.उपाध्यायको छोरी बिदाइ गर्दाको गीत ‘आफ्नै छातीबाट’ प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सांसद डा.अमरेशकुमारले राजनीतिले देशलाई विभाजन गरेको भन्दै साहित्यले जोडनुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रवासमा बसेर नेपाली भाषा र साहित्यको सेवा गरेका साधक विनोद खड्कालाई सम्मान गरिएको थियो भने स्रष्टा डा.उपाध्यालाई लेखक सम्मान र प्रमुख अतिथिलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

कृष्ण भुसालले सहजीकरण गरेकोे कार्यक्रममा अतिथिहरूलाई डा.बुनु दाहाल र रितु कँडेलले खादा–माला लगाइदिएका थिए ।

‘आसक्ति’लाई कृष्ण भुसालले सम्पादन गरेका हुन् भने रमेश दाहालले भाषा सम्पादन गरेका हुन् । कुम्भ छापाखाना प्रा.लिले प्रकाशन गरेको २१२ पृष्ठको यस कृतिको मूल्य २५० रुपैयाँ राखिएको छ । कार्यक्रममा साहित्यका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तत्वको बाक्लो उपस्थिति रहेको थियो ।

गीत-संगीतका साथै विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएका डा.उपाध्यायको यो सत्रौं उपन्यास कृति हो । डा.उपाध्यायका यसअघि ‘मझधार बज्रघात, त्यागी, भाग्यचक्र, अपवित्र छायाँ, स्वार्थी, बिटुली, अतिरिक्त, दगाबाज, अधुरो प्रेम, सपनाकी रानी, कफी लभ, मेरी प्रिया, भाइरस लभ, कसुर’ जस्ता कृतिहरू पाठकमाझ छन् ।

यस्तै उनका ‘प्रणय, नशालु नजर, जखम, प्रतिनाद, अन्तराप, सहेली, जोहो, माउण्टेन मेलोडी, परिष्कृत, कृति, प्रतिनाद, पृथक, अन्जान तिर्खा, सुधारस, स्वर्गघर, नजरको तीर, सभेन्थ कड्स, सौभाग्यको सिन्दुर, अनुभूतिको मझेरीमा, चाहनाको महल, कत्वर्य बोध, धरोहर, हृदयको झंकार, धर्ती र जीवन, प्रतिभा, सपनाको महल, धड्कन, आकांक्षा, अभिभूत, अभिलाषा, आवृत’लगायत ३६ वटा एल्बम श्रोता÷दर्शकमाझ आएका छन् ।

डा.उपाध्याका सबैभन्दा सानो गीतको पुस्तक (२ वाई २ इन्च)को गीतिसंग्रह ‘अनुभूतिको मझेरी’, नोट साइजको गीति पुस्तक ‘चोट’ र व्यञ्जन वर्णका ३४ अक्षरबाट तयार गरिएको गीति कविता ‘प्रेयसी’ सबैभन्दा ठूलो गीतको पुस्तक २४÷३६ इञ्जको ‘अलौकिक’, एक लाइन अंग्रेजी र एक लाइन नेपाली रहेको गीति पुस्तक ‘अपरिमित’ पनि पाठकमाझ आइसकेको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host