Outline Khabar
बिहिबार, फाल्गुन ७, २०८२
Thursday, February 19, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, फाल्गुन ७, २०८२
Thursday, February 19, 2026
                                                       
No Result
View All Result

‘स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन’

सन्तानलाई चिउरा चपाउन सिकाउने कि ?

डा.अरुणा उप्रेती

यदि तिमीले स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन, स्वस्थकर खाना नखाए जस्तोसुकै औषधिले पनि काम गर्दैन–हिपोक्य्राट्सले भनेका थिए। उनी आधुनिक चिकित्सा विज्ञानका जनक मानिन्छन्। उनको यो विचारलाई लामो समयसम्म आधुनिक चिकित्सा विज्ञानले आत्मसात गर्न सकेको थिएन। विस्तारै अहिले स्वास्थ्यकर्मीहरू पोषणबारे पनि छलफल हुनुपर्छ भन्ने बाटोमा लागेका छन्।
अद्यापि कतिपय चिकित्सक पोषणमा ध्यान नदिएर बिरामीलाई औषधि मात्र दिन्छन्। एक स्त्री रोग विशेषज्ञले काठमाडौँको एक कार्यक्रममा ‘४० वर्ष कटेपछि महिलाले क्याल्सियम चक्की खानैपर्छ’ भनेकी थिइन्। उनको यो कुरामा मेरो असहमति रह्यो। मेरा कतिपय साथीहरू ५०–६० वर्षका छन्, स्वस्थ छन्, कुनै रोग छैन, कसैले पनि आइरन चक्की, क्याल्सियम र भिटामिन कुनै पनि झोल वा क्याप्सुल खाँदैनन्। तर स्वस्थ्यकर खाना खान्छन्, व्यायाम गर्छन, योगासन गर्छन्, पत्रु खाना र मिठाइ त प्रसादका रूपमा कहिलेकाहीँ नगन्य मात्रै प्रयोग गर्छन्। उनीहरू अहिले पनि अफिस, घर, सामाजिक कार्यमा अनवरत लागेकै छन्।
अपसोच, अहिले नेपालमा ४० वर्षभन्दा माथिका सबै महिलाले क्याल्सियम, भिटामिन डी चक्की र रगत बढाउन केही औषधि खानैपर्छ भन्ने मान्यता चिकित्सा जगत्मा स्थापित हुँदै गएको छ। तर यस विपरीत स्वस्थ्यकर खानाले नै पोषणको सबै आवश्यकता पूर्ति गर्छ भन्ने अर्को एक विचार पनि चिकित्सा जगत्मा स्थापित छ। मचाहिँ दोस्रो विचारको पक्षपाती हुँ र त्यसैअनुरूप जीवन चलाउन कोसिस गर्छु। ‘स्वस्थकर भोजन गरियो भने औषधि किन्न आवश्यक हुँदैन’ भन्न मैले विभिन्न गोष्ठी र तालिमबाट सिकेको ज्ञान हो।
भारत र नेपालमा कम्पनीहरूको ठूलो बजारले समुदायमा जीवनका ‘साधारण समस्या’ लाई पनि रोग हो र ‘औषधि खानुपर्छ’ भन्ने मान्यतालाई बढावा दिँदा समुदाय नै त्यसको ‘शिकार’ पनि हुन्छौँ। तर कोही विशेष अवस्थाका बिरामीलाई मात्र पोषणका रूपमा केही औषधि प्रयोग गर्नुपर्ने हुन सक्छ। उदाहरणका लागि गर्भवती हुँदा महिलाको शरीरमा रगतको कमी भए र यसले भ्रुणलाई पनि प्रभावित पार्छ भन्ने सत्य हो। उनलाई धेरै नै कुपोषण छ भने केही लौह तत्त्वको चक्की दिनुपर्ने हुन्छ।
गर्भावस्थामा महिलाले प्रोटिनयुक्त खानेकुरा जस्तो चना, भटमास, कोदो, फापर, मकै, विभिन्न हरियो तरकारी कर्कलो वा कर्कलोले बनेको मस्यौरा, आलु, करिपत्ता, निहुरो, अनेक प्रकारका साग, दूध, मोही साथै अण्डा र मासु सेवन गर्ने हो भने शरीरमा प्रोटिन र विभिन्न प्रकारका सूक्ष्म पोषक तत्त्व, लौह तत्व, भिटामिनको कमी हुन पाउँदैन। मैले गर्भवस्थामा कुनै पनि लौह तत्त्व र क्याल्सियम आदि खाने जरुरत नै भएन। घरमै बनेको स्वस्थ खाना खाँदा मलाई रगतको कमी भएन।
मैले भान्छाघरबाट नै स्वास्थ्यको सुरुवात गर्नु पर्छ भन्दा ‘यसरी बजारको खाने कुरा नखाएर त संभव नै हुँदैन, खाजा खाँदा चाउचाउ, जेरी, स्वारीबाहेक अरू केही हुँदैन’, कति परिचित पत्रकार पनि भन्छन्–तपाईँको लेख पढ्दा तपाईँले भनेको ठीक हो जस्तो लाग्छ तर पत्रु खाना खान करै लाग्छ। घरमा बनाउन भ्याइँदैन र पसलमा चाउचाउबाहेक केही हुन्न।
त्यो बेलामा भन्छु– पत्रु खाना नखाएर पनि पसलमा स्वस्थकर खाजा खान सकिन्छ। चना, चिउरा, उसिनेको आलु, अण्डा, केराउ त प्रायः सबै खाजाघरमा भैहाल्छ। यस्तो खाजा छाडेर पत्रु खाना खाएपछि त स्वास्थ्य बिस्तारै कमजोर भएपछि दौडधूप गर्न सकिन्न अनि काममा नै प्रभाव पर्छ। बिरामी भएर बस्दाचाहिँ फुर्सद कसरी निकाल्ने त ? कति महिला पत्रकारले चाहिँ ‘पत्रु खाना खाने आफ्नो बानी छाडेको छु’ भनेर जानकारी पनि दिएका छन्। ‘कतिले त घरमा नै खाना खाएर जाने र केही खाजा पनि बोकेर काममा जाने गरेको’ भनेका छन्। ‘एक/दुईचोटि झ्याउ लागे पनि बानी परेपछि त सहज नै हुन्छ’ भन्ने भनाइ सुनेपछि मलाई के खुसी लाग्छ भने मैले लेखेपछि केही व्यक्तिको जीवनको खानपानमा भने सुधार भएको छ।
कतिजनाले मैले भोजन र पोषणबारे बोलेको र लेखेको सुनेर ‘पोषणविद्’ को पगरी पनि लगाइदिन्छन् तर मैले भन्ने गरेकी छु–म पोषणविद् होइन तर मैले पोषणबारे साना साना तालिमचाहिँ लिएकी छु। मैले पोषणविद् जस्तो ‘ठूलो वैज्ञानिक कुरा’ गर्दिन र ‘घरको दाल, भात, रोटी, चना, दूध, दही, मोही, मह, कागती जस्ता स्वस्थकर स्थानीय खानेकुरा प्रयोग गर्नुपर्छ र हाम्रो भोजन नै हाम्रो औषधि हो र भान्छाबाट स्वस्थता सुरु हुन्छ भन्ने’ सामान्य जानकारी मात्र भन्छु।
मैले पछिल्लो वर्षमा गोष्ठीहरूमा भारत, अमेरिका आदि देशमा भाग लिएपछि ‘स्वास्थ र भोजन’ बारे छलफल गरेपछिकोे अनुभवअनुसार हाम्रा पुर्खाको कतिपय ज्ञानलाई आधुनिक विज्ञानको कसौटीमा राखेर प्रयोग गर्दा साँच्चै नै पोषणबारे ज्ञानमा सुधार आएको देखिन्छ। उदाहरणका लागि पहिले पहिले नेपालमा फलामको भाँडामा पकाउने चलन थियो। त्यसरी फलामको भाडामा पकाएको ‘दाल वा तरकारी अमिलो अचार वा मोहीसँग खाँदा त्यसले शरीरमा लौह तत्त्व शोषण गर्न मद्दत पुर्‍याउँछ’ भन्ने विज्ञानले सिद्ध गरेको छ।
अहिले रगत कमी भएकालाई दिने विभिन्न झोलमा ‘भिटामिन सी पनि छ’ भनेर लेखिन्छ। भिटामिन सी त हाम्रो भान्छामा पाइने अमिलो अचार, मोही, अम्बा, अमला, सुन्तला, आरुबखडा आदिमा पनि पाइन्छ। यो सामान्य ज्ञान हामीलाई भए हामी अनेकथरीका भिटामिनमा पैसा खर्च गर्दैनथ्यौँ होला । अपसोच, अहिले फलामको भाँडामा पकाउने चलन विस्तारैै हराएको छ। आशा छ, कुनै विदेशी वैज्ञानिकले भनेपछि नेपालीले फेरि फलामको ताप्के प्रयोग गर्नेछन्।
अहिले प्रोटिन खानुपर्छ भन्ने ज्ञान प्रायःलाई छ। प्रोटिन कमी हुन नदिन अनेक प्रकारका ‘बट्टाका प्रोटिन’ बेचिन्छ। ‘५० वर्षको उमेरपछि घरको खानाले मात्र शरीरमा प्रोटिन पुग्दैन । त्यसैले बाहिरका औषधि खानुपर्छ’ भन्ने गलत विज्ञापन आएर भ्रमित पार्छन्। एउटा कुरा के विचार गर्नूस् भने त्यस्ता विज्ञापनको भरमा प्रोटिन किन्दा स्वास्थ्यचाहिँ पाइन्न। पैसा खर्च हुन्छ। यस्तो प्रोटिनमा बट्टामा अनेक ‘स्टेरोइड’, ‘गुलियो पदार्थ’ आदि मिसाएको पनि देखिन्छ । त्यसले त शरीरलाई झन् बेफाइदा गर्छ
हाम्रो परम्पराअनुसार, ऋतुअनुसारको भोजन र फलफूल प्रयोग गर्‍यौँ भने शरीर निरोगी राख्न ठूलो मद्दत गर्छ। बिरामी भएपछि स्वास्थ्यकर्मीकहाँ परामर्श लिन त जानैपर्छ। तर सकेसम्म बिरामी नै नपर्ने उपाय गर्ने हो भने स्वस्थ पोषणमा ध्यान दिने कि ? भान्छाबाटै स्वस्थताको सुरुवात गर्ने जमर्को गर्ने कि ?

 

Subisu

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा

आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा

कांग्रेसको प्रतिज्ञा पत्रबारे बिहीबार काठमाडौँमा खुला प्रश्नोत्तर

कांग्रेसको प्रतिज्ञा पत्रबारे बिहीबार काठमाडौँमा खुला प्रश्नोत्तर

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

ताजा समाचार

आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा

आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा

कांग्रेसको प्रतिज्ञा पत्रबारे बिहीबार काठमाडौँमा खुला प्रश्नोत्तर

कांग्रेसको प्रतिज्ञा पत्रबारे बिहीबार काठमाडौँमा खुला प्रश्नोत्तर

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host