Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

उफ्, घुँडा दुखाइ !

डा.अरुणा उप्रेती

उफ्, घुँडा दुखाइ !
Subisu
दुई वर्षअघि मेरो घुँडा दुखेर धेरै समस्या परेको थियो । मनमनै लागेको थियो— अब त जीवनभर खोच्याएर हिँड्नुपर्ने भयो । कति साथीहरूले ‘लौ तिमीलाई बुढेसकाल लाग्यो, घुँडाको हाड खिइयो, आराम गर, हिँड्न छोड’ भनेर सल्लाह दिए ।
मैले हाडरोग विज्ञ डा. भाष्कर पन्तसँग छलफल गरे । ‘तपाईं जस्तो मान्छेलाई त यस्तो समस्या नहुनुपर्ने,’ उनले मेरो घुँडा जाँचेर भने, ‘तपाईंको हड्डी खिइएको पनि होइन, युरिक एसिड बढेको पनि होइन । घुँडाको तल र माथिका मांसपेशी कमजोर भएकाले दुखेको हो ।’
मैले घुँडाको एक्सरे पनि गरें । उनले घुँडाको एक्सरे देखाउँदै भने, ‘तपाईं के खानुहुन्छ ? तपाईंको घुँडा त ४० वर्षको महिलाको जस्तो छ, हाड खिइएको छैन । फिजियोथेरापी सिकेर घरमा हरेक दिन गर्नुस् । यसले तपार्इंको घुँडा वरिपरिको मांसपेशी बलियो बनाउँछ, दुखाइ बिस्तारै कम हुन्छ ।’ फिजियोथेरापी एक साताजति सिकेर मैले घरमा नै गर्न थालें । दुखाइ बिस्तारै कम भयो, पूर्ण ठीक हुन झन्डै ४ साता लागेको थियो ।
डा.अरुणा उप्रेती
‘घुँडा बढी दुखे चिसो पानीले सेक्नु’ भन्ने मैले सल्लाह पनि पाएकी थिएँ । त्यहीअनुसार बढी दुख्दा बरफको टुक्रालाई कपडामा राखेर सेकें । ५–६ दिनपछि मेरो घुँडाको दुखाइमा केही कमी आयो । भर्‍याङ माथि–तल गर्दा पनि सहज लाग्न थाल्यो । मेरो तौल खासै बढी थिएन, ‘तर तौल घटे घुँडा दुख्ने समस्यामा कमी आउन सक्छ’ भन्ने सल्लाह पाएँ । दुई किलो तौल पनि घटाएँ । ‘हाडको स्वास्थ्य ठीक पार्न क्याल्सियम खानुपर्छ’ भनेर पोषण विज्ञानले भन्छ । क्याल्सियम भोजनमा नै पाइन्छ, औषधि किन किन्नु र ?
भोजनमा आलस, तिल, मुगरेलो, मेथी, फर्सीको दाना पनि दिनदिनै खाने भएकाले क्याल्सियमको चक्की खानु पर्दैन भन्ने विश्वास थियो । मैले डाक्टरको सल्लाहअनुसार विशेष जुत्ता पनि किनें । अहिले जहाँ जाँदा पनि त्यही जुत्ता लगाउँछु । ‘अरूले मेरो जुत्ता हेरेर मलाई के भन्छन्, त्यति वास्ता लाग्दैन । वश, मेरो घुँडा दुख्नु भएन ।
हड्डीको क्षय र घुँडा दुख्ने समस्या अहिले युवालाई पनि देखिन थालेको छ । उमेरसँगै हुने समस्यालाई पूर्णरूपले निराकरण गर्न नसकिए पनि स्वस्थ जीवनशैली, व्यायाम, स्वस्थ भोजन, सजिलो जुत्ता आदिले दुखाइ कम गर्न सकिन्छ । हरेकचोटि घुँडा दुख्नेबित्तिकै ‘घुँडाको हड्डी खिइएको’ भन्ने विचार सधैं सत्य हुँदो रहेनछ । घुँडो वरिपरिको मांसपेशीको कमजोरीका कारण दुख्न सक्छ । शारीरिक तौल ठिक्क भएको मानिसको तुलनामा मोटो मानिसको घुँडा दुख्ने समस्या ४ गुणा बढी हुन्छ भनेर विज्ञानले नै सिद्ध गरेको छ । त्यसैले तौललाई नबढोस् भनेर युवाहरू जागरुक हुनुपर्छ ।
विशेषगरी महिलाको महिनावारी सुकेपछि तौल बढ्न सक्ने सम्भावना हुन्छ । रजोनिवृत्तिको सुरुवात हुनुअघि नै विशेष किसिमको योगासन, व्यायाम र स्वस्थकर भोजनलाई ध्यान दिनुपर्छ ।
पेसाले नर्स मिथिला शर्मालाई घुँडा र ढाड दुख्ने समस्या २० वर्षअघि भएको थियो । ५ फिट उचाइकी उनको तौल ८० किलो थियो । स्वास्थ्यकर्मीको सल्लाहअनुसार उनले स्वस्थकर खाना खाइन्, व्यायाम गरिन् र १२ महिनामा शरीरको तौल २० किलो घटाइन् । उनले खानामा भात र रोटी कम, दाल र तरकारी बढी प्रयोग गरिन् । शरीरको तौल घट्दै जाँदा घुँडा दुखाइ पनि कम हुँदै गयो । एक वर्षपछि त दुखाइ पूर्णरूपमा हरायो । मिथिला भन्ने गर्छिन्, ‘२० वर्षअघि मेरो घुँडा नदुखेको भए तौल घटाउन प्रयत्न नै गर्दिन थिएँ । अहिलेसम्म मलाई कति किसिमका नसर्ने रोग भइसक्यो होला ।’ ६४ वर्षकी उनलाई अहिले उच्च रक्तचाप, मधुमेह केही छैन ।
घुँडा दुखाइमा लगाउने तेलको विज्ञापनमा कहिल्यै भर पर्नुहुन्न । साँच्ची नै यस्तो औषधि भए त डाक्टरहरूले लेखिहाल्थे नि । ‘छाला भित्रसम्म पसेर हड्डी खिइएको ठीक पार्ने’ जस्ता विज्ञापनमा कुनै वैज्ञानिक अनुसन्धान नै भएको छैन । यो सबै भ्रम मात्रै हो । तौल कम गर्ने, आरामदायी जुत्ता लगाउने, व्यायाम गर्ने र दुखाइ बढेमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ । तर स्वस्थ जीवनशैलीलाई कहिल्यै पनि बिर्सनु हुँदैन ।
डा.उप्रेतीको फेसबुकबाट साभार

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सम्झनामा एक दार्शनिक व्यक्तित्व भीमबहादुर तामाङ

सम्झनामा एक दार्शनिक व्यक्तित्व भीमबहादुर तामाङ

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान : परिवर्तनका लागि जुट्ने समय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान : परिवर्तनका लागि जुट्ने समय

छिन्ताङ हत्याकाण्ड : न्यायको खोजीमा पीडित परिवार

छिन्ताङ हत्याकाण्ड : न्यायको खोजीमा पीडित परिवार

पत्रु खाना : जन्मदा नै शिशु अस्वास्थ्य जन्मिने

रजस्वला,ऋषिपञ्चमी, छाउगोठ बस्नु एउटै हो ?

मुटुरोगलाई समयमै व्यवस्थापन नगरे हृदयघात हुनसक्छ

मुटुरोगलाई समयमै व्यवस्थापन नगरे हृदयघात हुनसक्छ

घरजग्गा किनबेचमा बैंक स्टेटमेन्ट बुझाउनु नपर्ने

‘नेपालमै लिंग परिवर्तन शल्यक्रिया : स्वागतयोग्य तर अपूरो कदम’

ताजा समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host