काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणालाई पाकिस्तानका विदेशमन्त्री इशाक दारले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
आफ्ना नेपाली समकक्षी डा. राणालाई मंगलबार एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकट सम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको बताएको काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ।
यसअघि सोमबार भारतका विदेश मामिलामन्त्री एस जयशंकरले पनि डा.राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।