एजेन्सी । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिना विजयी भएको छ।
अर्जेन्टिनाले बुधबार विहान भएको खेलमा पेरुलाई १-० ले पराजित गरेको हो । खेलको ५५औँ मिनेटमा लियोनल मेस्सीको पासमा लाउटारो मार्टिनेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई जित दिलाएका हुन ।
दक्षिण अमेरिकी छनोटमा आजनै भएको अन्य खेलमा ब्राजिल र उरुग्योले १-१ को बराबरि खेले भने युक्योडरले कोलम्बियालाई १-० ले पराजित गरेको छ । अंक तालिकामा अर्जेन्टिना १२ खेलबाट २५ अंकका साथ पहिलो स्थानमा छ भने उरुग्यो २० अंकका साथ दोस्रो स्थानमा छ । यस्तै पेरु ७ अंकका साथ अन्तिम स्थानमा रहेको छ ।












