काठमाडौं। गत भदौमा भएको जेनजी आन्दोलनताका काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका सहसचिव छवि रिजाल पक्राउ परेर मंगलबार नै छुटेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई मंगलबार बिहान पक्राउ गरेको थियो। तर, अदालतमा उपस्थित गराइन्। बरु परिवारको जिम्मा जमानीमा छाडेको छ।
एसपी पवनकुमार भट्टराईले बुझ्नुपर्ने कागजातहरू बुझेर खोजेका बखतमा उपस्थित हुने गरी जिम्मा जमानीमा छाडिएको बताए।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसँगै रिजाललाई पनि कारबाहीको सिफारिस गरेको थियो।
उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८१ अनुसार हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा अनुसन्धान र अभियोजन गर्न सिफारिस गरिएको थियो।
हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। यही अभियोगमा गत शनिबार ओली र लेखक पक्राउ परेका थिए। उनीहरु चार दिनदेखि हिरासतमा छन्। ओली अस्पताल भर्ना भएका छन् भने लेखक प्रहरी नियन्त्रणमा छन।











