Outline Khabar
सोमवार, चैत्र १६, २०८२
Monday, March 30, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र १६, २०८२
Monday, March 30, 2026
                                                       
No Result
View All Result

सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ, कर्मचारी शेयर बाँडफाँटमा कागजात फरक परेको आरोप

सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ, कर्मचारी शेयर बाँडफाँटमा कागजात फरक परेको आरोप

काठमाडौं। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल धितोपत्र सम्बन्धी कसूरमा पक्राउ परेका छन्।

नेपाल प्रहरीका अनुसार धितोपत्र सम्बन्धी ऐन, ०६३ अन्तर्गतको दफा १०० विपरीत कसूर गरेको देखिएको आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर अर्याललाई काठमाडौं महानगरपालिका-२९, न्यूप्लाजा पुतलीसडक क्षेत्रबाट पक्राउ गरिएको हो।

Subisu

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जारी गरेको सूचनाअनुसार कम्पनीले आफ्नै कर्मचारीका लागि छुट्याएको शेयर बाँडफाँटसम्बन्धी विवरण नियामक निकायमा पेश गर्दा सक्कल आवेदन फाराम र त्यसका प्रतिलिपिबीच फरक विवरण भेटिएको थियो। एउटै विषयका कागजात फरकफरक निकायमा फरक विवरणसहित पेश भएको देखिएपछि नियामक निकायले यसलाई गम्भीर अनियमितताको रूपमा लिएको जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा कम्पनीबाट पेश गरिएका आवेदन फाराम, प्रतिलिपि विवरण तथा शेयर बाँडफाँट प्रक्रियामा पारदर्शितामाथि प्रश्न उठेको बताइएको छ। यही आधारमा धितोपत्र बोर्डले तयार गरेको प्रारम्भिक प्रतिवेदन प्रहरीलाई उपलब्ध गराइएको थियो।

धितोपत्र सम्बन्धी ऐन, ०६३ को दफा १०० अनुसार गलत विवरण पेश गर्ने, तथ्य लुकाउने वा लगानीकर्ता तथा नियामक निकायलाई भ्रममा पार्ने कार्यलाई दण्डनीय कसूर मानिन्छ। यस्तो कसूर पुष्टि भएमा जरिवाना, कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

राजकुमार अर्याल गुल्मीको गुल्मी दरबार गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको बनस्थली क्षेत्रमा बसोबास गर्दै आएका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

वृद्धा भत्ता पाउने उमेर ७० वर्ष पुर्‍याउन सिफारिस

वृद्ध भत्ता पाउने उमेर ७५ वर्ष पुर्‍याउन सिफारिस: के फाइदा, के बेफाइदा?

एमाले प्रदेश सांसद शर्मा पक्राउ, नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप

एमाले प्रदेश सांसद शर्मा पक्राउ, नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

आज पनि वर्षाको सम्भावना, भोलि धेरै ठाउँमा वर्षा हुने

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

ओली र लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

रविको मुद्दा फिर्ता गर्ने निर्णय सर्वोच्चको पूर्ण इजलासमा

ताजा समाचार

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ, कर्मचारी शेयर बाँडफाँटमा कागजात फरक परेको आरोप

सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ, कर्मचारी शेयर बाँडफाँटमा कागजात फरक परेको आरोप

वृद्धा भत्ता पाउने उमेर ७० वर्ष पुर्‍याउन सिफारिस

वृद्ध भत्ता पाउने उमेर ७५ वर्ष पुर्‍याउन सिफारिस: के फाइदा, के बेफाइदा?

एमाले प्रदेश सांसद शर्मा पक्राउ, नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप

एमाले प्रदेश सांसद शर्मा पक्राउ, नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

आज पनि वर्षाको सम्भावना, भोलि धेरै ठाउँमा वर्षा हुने

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

ओली र लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host