Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

आरम्भ चौतारी लघुवित्तद्वारा सबै प्रदेशमा व्यवसायिक वृद्धि तालिम प्रदान

आरम्भ चौतारी लघुवित्तद्वारा सबै प्रदेशमा व्यवसायिक वृद्धि तालिम प्रदान

काठमाडौं ।  आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपाको आयोजनामा सबै प्रदेशहरूमा “Professional Training for Comprehensive Business Growth” तालिम सम्पन्न भएको छ।

श्रावण १६ गतेदेखि कोशी प्रदेशको ईटहरीबाट शुरु गरिएको तालिम कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा गएर समापन गरिएको हो। सबै स्थानमा आयोजना भएको तालिम कार्यक्रममा १३५ वटै शाखामा कार्यरत सबै कर्मचारीहरू तथा प्रदेशहरूमा कार्यरत २२ जना कार्यक्रम अधिकृतहरू गरी ४७२ जना कर्मचारी सहभागी भएका थिए।    

Subisu

तालिम कार्यक्रममा प्रभावकारी केन्द्र सञ्चालन प्रक्रिया, ग्राहकमैत्री कर्जा असुली वातावरण निर्माण, ग्राहक सदस्यसँग सुमधुर सम्बन्ध विस्तार तथा गुनासो सुनुवाई, वित्तीय चेतना अभिमुखीकरण, लेखा प्रणाली सुधार, परियोजना निरीक्षण प्रक्रिया, प्रभावकारी कर्जा विश्लेषण, धितो दिने जग्गाको पहिचान तथा मूल्यांकन प्रक्रिया र गुणस्तरीय कारोबार वृद्धि सम्बन्धी विषय लक्षित गरिएको थियो।

ईटहरी, बर्दिवास, सौराहा, पोखरा, लुम्बिनी, नेपालगञ्ज र सुर्खेतमा सम्पन्न तालिम कार्यक्रमहरू संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले उद्घाटन गरेका थिए ।

सो अवसरमा सहायक महाप्रबन्धक मनरुपा पौडेल तथा विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो भने कर्जा विभाग प्रमुख टोपबहादुर रास्कोटीले स्वागत मन्तव्य दिनुभयो। प्रमुख व्यापार अधिकृत चन्दनकुमार सरदारले कार्यक्रम सञ्चालन गरेका थिए ।

लुम्बिनी प्रदेशमा आयोजित कार्यक्रममा सञ्चालक समिति सदस्य गोपालप्रसाद वश्यालले संस्थालाई लघुवित्त क्षेत्रमा अग्रणी बनाउनेतर्फ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा संस्थाले अझ राम्रो प्रतिफल दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गत आर्थिक वर्षमा शतप्रतिशत लक्ष्य पूरा गरेका शाखाहरूलाई बधाई ज्ञापन गर्दै शतप्रतिशत लक्ष्य पूरा गर्न नसकेकाहरूलाई जिम्मेवार, कर्तव्यनिष्ठ र सकारात्मक ऊर्जा लिएर काम गर्न निर्देशन दिए ।

प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले कर्मचारीबीच Team Spirit मिलाएर काम गरेमा जस्तोसुकै कार्यमा सफलता हासिल गर्न सकिने बताउँदै सही ढंगले काम गर्नेहरू अवश्य सफल हुने भन्दै सकारात्मक ऊर्जा प्रदान गरे ।

क्रममा प्रमुख प्रशिक्षक सहायक महाप्रबन्धक मनरुपा पौडेलले गत आर्थिक वर्षको समीक्षा, व्यवसायिकरण, लघुवित्त क्षेत्रमा संस्थाको वर्तमान अवस्था तथा गुणस्तरीय व्यवसाय वृद्धि गर्ने रणनीति, लेखा प्रणालीमा देखिएका समस्याको सहजीकरण तथा कर्मचारी उत्प्रेणा सम्बन्धी विषयमा प्रशिक्षण दिए ।

प्रशिक्षक मुख्य व्यापार अधिकृत चन्दनकुमार सरदारले कर्मचारी व्यवस्थापन, आचारसंहिता, संस्थागत जोखीम न्यूनीकरण, कर्मचारीको काम, कर्तव्य र जिम्मेवारीबारे प्रशिक्षण दिनुभयो भने कर्जा विभाग प्रमुख टोपबहादुर रास्कोटीले नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशन, आधार दर र व्याजदर निर्धारण प्रक्रिया, अफर लेटर कार्यान्वयन, कर्जा चक्र, गुणस्तरीय व्यवसाय वृद्धि तथा कर्जा स्वीकृति प्रक्रियामा देखिएका समस्या र समाधानबारे प्रशिक्षण दिए ।

सबै प्रदेशमा सम्पन्न तालिम कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले कर्मचारीहरूको उच्च मनोबल वृद्धि गर्न आफू निरन्तर लागिपर्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले संस्थागत हितका लागि सबै कर्मचारी एकतावद्ध भएर काम गर्नुपर्नेमा जोड दिए ।

उनले संस्थागत अनुशासन भंग गर्नेहरूलाई कुनै छुट नहुने स्पष्ट पारे । तालिम सत्रको सुरुवातमा प्रशिक्षक टोपबहादुर रास्कोटीले सहभागीहरूलाई Meditation (ध्यान/मनन/चिन्तन) गराई सकारात्मक सोच र सकारात्मक कार्यतर्फ प्रेरित गरेका थिए ।

कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को वार्षिक योजनाबारे सूचना प्रविधि विभागका रामप्रसाद पौडेलले डाटा प्रस्तुतीकरण गरेका थिए भने कार्यक्रम सञ्चालन टोपबहादुर रास्कोटीले गरेका थिए ।

आरम्भ चौतारी लघुवित्तले ७ प्रदेश, ५३ जिल्लामा १३५ शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ। संस्थाले ग्रामीण क्षेत्रमा वसोवास गर्ने विपन्न तथा गरिब परिवारका महिलालाई समूहमा आवद्ध गराई विना धितो तथा धितो कर्जा लगानी गर्नुका साथै व्यावसायिक सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम सञ्चालन गर्दै आएको छ।

२०८२ असार मसान्तसम्ममा संस्थाले १ लाख ३ हजार सदस्यमार्फत १ अर्ब ९० करोड बचत संकलन गरी ३३ हजार ऋणीमार्फत ५ अर्ब ३३ करोड कर्जा प्रवाह गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host