Outline Khabar
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
                                                       
No Result
View All Result

विपद् व्यवस्थापनमा सरकारको तर्फबाट हुनुपर्ने पूर्व तयारीको अभाव देखियो : अनेम संघ

नागरिकको स्वास्थ्यप्रति संवदेनशिल बन्न अनेमसंघको ध्यानाकर्षण(विज्ञप्तिसहित)

काठमाडौं । अखिल नेपाल महिला संघ(अनेम संघ)ले विपद् व्यवस्थापनमा सरकारको तर्फबाट हुनुपर्ने पूर्व तयारीको अभाव देखिएको भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ ।

संघकी अध्यक्ष टुकाभद्र हमालले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएकी हुन् । असोज १० गते बिहीबारदेखि लगातार परेको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकासँग अन्य जिल्लाहरुको सम्पर्क विच्छेद भएको छ ।
सवारी साधन पहिरोले पुरिएको र सडक भत्किएका कारण यात्रुहरु अलपत्र परेका छन् ।

Subisu

हवाई सेवा समेत अवरुद्ध भएकाले अत्यावश्यक कामका लागि नागरिकहरु एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न कठिनाइ भएको छ । बढी पहिरोमा परी मुलुकभर एक सय ४८ जनाको मृत्यु भएको छ भने अझै ५५ जना बेपत्ता भएका छन् ।

बाढी पहिरोको सबैभन्दा बढी काठमाडौं उपत्यका र कोशी प्रदेशमा प्रभाव परेको छ । काठमाडौं उपत्यकामा मात्र शनिवार साँझसम्म ४८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । उपत्यकामा २२५७ भन्दा बढी घर डुबानमा परेका छन् । यहाँका बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, धोबीखोला, बल्खु र नख्खु खोलामा बाढी आउँदा किनारमा रहेका बस्तीहरु प्रभावित भएका छन् ।

मुलुकमा आएको यो प्राकृतिक विपत्तीका कारण ठूलो धनजनको क्षति भएको छ । प्राकृतिक विपत्तीमा परी ज्यान गुमाएका नागरिकहरु प्रति अनेमसंघले श्रद्धाञ्जली अर्पण गरेको छ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घरबार विहीन भएकाहरुलाई उचित व्यवस्थापनको लागि संघले सरकारसँग जोडदार माग गरेको छ ।

पूर्व तयारी नभएको र विपद व्यवस्थापनका लागि आवश्यक उपकरणहरु पनि प्रयाप्त मात्रामा नभएका कारण उद्धारमा खटिएका सुरक्षाकर्मी र सर्वसाधारणले समेत अप्ठेरो अवस्थाको सामना गर्नुपरिरहेको संघले जनाएको छ ।

संघले सिमित श्रोत साधनका बाबजुद पनि आफ्नो ज्यान जोखिममा राखेर बाढी प्रभावितहरुको उद्दारमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सर्वसाधारणहरुप्रति हार्दिक कृतज्ञता सहित धन्यवाद व्यक्त गरेको छ ।

संघले भनेको छ, ‘विपद व्यवस्थापनका लागि सरकारको तर्फबाट हुनुपर्ने पूर्व तयारीको अभावले गर्दा उद्धारमा खटिएका र सर्वसाधारणको ज्यान जोखिममा परेको छ । जसले गर्दा हरेक वर्ष वर्षातमा बाढी पहिरोका कारण नागरिकले अनाहकमा ज्यान गुमाउनु परिरहेको छ । दशैं, तिहार लगायतका चाडपर्वको पूर्वसन्ध्यामा आएको विपत्तीले नागरिकको जीवन कष्टकर हुने देखिन्छ भने अर्कातिर कालो बजारी बढ्दा नागरिक महंगीको मारमा पर्ने अवस्था छ । साथै, वर्षाको भेलमा आउने फोहोरका कारण नागरिकहरुको स्वास्थ्यमा समस्या उत्पन्न हुने प्रवल सम्भावना छ ।’

विपत्तीको समय सुत्केरी महिला, नवजात शिशु र बालबालिका, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखेर तत्काल स्वास्थ्य उपचार, उद्धारका साथै जीवनयापनका लागि आवश्यक सहयोग गर्न र किशोरी तथा महिलाहरु हिंसामा पर्न सक्ने संवेदनशिल अवस्थालाई मध्यनजर गर्दै उनीहरुको सुरक्षाको प्रवन्ध मिलाउनका लागि संघले सरकारसँग जोडदार माग गरेको छ ।
त्यसैगरी कालोबजारी रोक्नका लागि अनुगमन संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्न र खाद्यान्नको गुणस्तरियता लगायतका विषयमा कडा निगरानीका लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।

नागरिकको नैसर्गिंक अधिकार प्रत्याभूति हुनेगरी स्वच्छ खानेपानी, खाद्यान्न, लत्ताकपडा, आवास लगायत दैनिक उपभोग्य सामग्रीको सहज आपूर्तिका साथै मानसिक र शारीरिक स्वास्थ्यको उचित व्यवस्था अविलम्ब मिलाउन संघले माग गरेको छ ।,

अनेमसंघ, विपत्तिको समयमा सबै स्थानीय तहका साथै प्रदेश र संघिय सरकारले यथाशिघ्र उद्धार, राहत र आवासको व्यवस्था गर्न र जनपरिचालन गरी पानी सफा गर्ने, पानीको श्रोत सफा गरी स्वच्छ पानीको व्यवस्थापनको लागि सर्वसाधारणलाई जानकारी दिने व्यवस्था मिलाउने विशेष ध्यान पुर्‍याउनु आवश्यक कदम चाल्नुपर्ने विषयमा ध्यानाकर्षण गराइएको छ ।

साथै, समाजका विभिन्न क्षेत्रमा कार्यरत संघ–संस्थाहरुलाई पनि आवश्यक सहयोगका लागि हार्दिक आह्वान गरिएको छ । अनेमसंघका सबै संरचना र सदस्यहरुलाई आ–आफ्नो क्षेत्रबाट विपदमा परेका जनताहरुको सहयोगका लागि सक्रिय हुन आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

फेवाताल जग्गा प्रकरणमा आफैमाथि प्रश्न उठेपछि गृहमन्त्री गुरुङको दाबी- ‘म ठगिए, कानुनी उपचारमा जान्छु’

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host