Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

सामन्ती अवशेष अन्त्य गर्न वैचारिक संघर्ष जरुरीः अष्टलक्ष्मी शाक्य

सामन्ती अवशेष अन्त्य गर्न वैचारिक संघर्ष जरुरीः अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण गर्न नसकिने बताएकी छिन् ।
नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा अनेमसंघ केन्द्रीय कमिटीले ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजना गरेको ‘जलवायु परिवर्तन र महिलाः अवसर र सम्भावना’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अहिले पनि सामन्ती अवशेषहरु अझै बाँकी रहेको भन्दै यसलाई अन्त्य गर्न जरुरी रहेको बताइन् । उनले सामन्ती अवशेष अन्त्य गर्न वैचारिक संघर्ष जरुरी रहेको उल्लेख गरिन् ।

Subisu

उनले अहिले जलवायु परिवर्तनको समस्या जटिल बनिरहेको भन्दै जलवायु परिवर्तनको विषय सबै राजनीतिक दलहरुले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिन् । उपाध्यक्ष शाक्यले आफूहरु संविधानमार्फत, सुशासन, समृद्ध नेपाल बनाउन लागिरहेको भन्दै आफूहरुको एजेण्डा नै आर्थिक, सामाजिक, सांस्कृतिक एजेण्डा भएको दाबी गरिन् । शाक्यले पछिल्लो समय महिला आन्दोलन कमजोर बन्दै गएको बताइन् ।

उनले महिला आन्दोलन कमजोर बनेकाले राजनीतिक दलका महिला संगठनले साझा ‘एजेन्डा’ बनाएर अगाडि बढ्नुपर्ने बताइन् ।उपाध्यक्ष शाक्यले उत्पादनशील काम नहुँदा युवा विदेश पलायन भएको धारणा राख्दै युवाको विदेश पलायन र तीव्र बसाइँसराइ हुनुमा राजनीतिक दलका घोषणापत्र पनि जिम्मेवार रहेका जिकिर गरिन् ।

युवा विदेश पलायन हुँदा गाउँ शून्य भएका र त्यसको प्रत्यक्ष असर महिलालाई परेको उनको भनाइ थियो । उपाध्यक्ष शाक्यले मुलुक गणतन्त्रको दिशामा धेरै अघि बढिसकेकाले लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक दललाई निस्तेज पार्ने र निरंकुशता फर्किने कुरा सम्भव नभएको बताइन् ।

कार्यक्रममा एमाले सचिव पद्मा अर्यालले महिला आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिइन् । सबैको प्रयासले मात्र महिला आन्दोलनलाई अगाडि बढाउन सकिने उनको भनाइ थियो ।

‘अबका दिनमा आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक विषयलाई फोकस गर्नुपर्ने देखिन्छ । हामीले त्यो गर्न सकेका छैनौं’ उनले भनिन्,‘आज कहाँ छ भोली कहाँ पुग्ने हो, यी विषयहरु स्पष्ट ढंगले हामीले राख्न सकेनौ भने हामी अगाडि बढ्न सक्दैनौं ।’ उनले महिलाहरुमा विज्ञता सक्षमता भएपनि हेपिन परेको भन्दै भनिन्,‘हेपियो भनेर कुस्ती खेल्ने होइन कि धैर्यता पूर्वक जहाँ छौं, जुन क्षेत्रमा छौं त्यहिबाट अगाडि बढ्नुपर्छ ।’

अनेमसंघकी अध्यक्ष टुकाभद्र हमालले महिला आन्दोलनलाई कमजोर पार्ने कोसिस भइरहेकाले सबै राजनीतिक दलका महिला संगठन सचेत हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा.महेश्वर ढकालले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रियः नीतिगत पैरवीका सवाल र सम्भावना विषयमा आधारपत्र प्रस्तुत गरेका थिए । उनले नेपालमा महिलाको जनसंख्या बढी रहेपनि पछिल्लो जन्मदर भने पुरुषको तुलनामा महिला कम देखिएको बताए ।  युवाहरुको संख्या बढीरहेका अवस्थामा अबको २० वर्षभित्र देशमा विकास गर्न नसके देश सधैं पछि पर्ने उनको धारणा थियो ।

यस्तै अनेमसंघकी उपाध्यक्ष डा.विमला राई पौडेलले’ जलवायु परिवर्तन र महिलाः प्रभाव, अवसर र जनप्रतिनिधि, महिला संगठनको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । नेपालसहित दक्षिण एसियाकै भूमिका बस्ने महिला, बालबालिका, वृद्धावृद्धा, आदिवासीहरु बढी जोखिममा रहेको बताइन् । लैंगिक भूमिकाका कारण महिलाहरु बढी प्रभावित भएको बताइन् । स्रोत, साधन र सूचनाका कारण जलवायु परिवर्तन थेग्न सक्ने हैसियत कम भएको उनले बताइन् ।

कार्यक्रममा अनेमसंघकी प्रचार उपप्रमुख सिर्जना आचार्यले जलवायु परिवर्तनले पारेको असरलाई कम गर्न स्थानीय तहबाट हुनसक्ने पहलका विषयमा सुझाव दिएकी थिइन् ।

कार्यक्रममा अनेमसंघकी महासचिव पेम्बा लामाले सहजीकरण गरेकी थिइन् । कार्यक्रम अनेमसंघ वातावरण विभागको व्यवस्थापनमा भएको हो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host