काठमाडौं । १० दिनअघि बढेको अण्डाको भाउ फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि मंगलबारदेखि लागू हुने गरी नयाँ मूल्य घोषणा गरेको छ ।
संघले १३ मंसिरमा अण्डाको भाउ बढाएकोमा फेरि प्रत्येक प्रकारको अण्डा २० रुपैयाँले बढाइएको छ । अब सबैभन्दा ठूलो अण्डाको भाउ ५ सय ८० रुपैयाँ पुगेको छ भने ठूलो अण्डा ५ सय ६५ रुपैयाँमा बिक्री हुनेछ ।
मध्यम अण्डाको भाउ ५ सय ५० रुपैयाँ तोकिएको छ। यसअघि १३ मंसिरमा सबैभन्दा ठूलो अण्डा ५ सय ६०, ठूलो अन्डा ५४५ र मध्यम अण्डा ५ सय ३० रुपैयाँमा बिक्री भइरहेको थियो।












