काठमाडौं । अवैध रूपमा अमेरिका पुगेका थप ५० नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ । उनीहरूलाई चार्टर्ड विमान मार्फत नेपाल फिर्ता पठाएको छ । आज दिउँसो ४ बजे उनीहरु नेपाल आईपुग्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागु गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् । यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो ।
ट्रम्पले शासन सम्हालेपछि मात्रै अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १ सय पुगेको छ ।












