काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ४ जना र एक कन्स्ट्रक्सनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङसमेत ४ जना र मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्सविरुद्ध वियोग अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।












