काठमाडौं । काठमाडौंस्थित मनोहर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक (प्राचार्य) बासुदेब अधिकारी र शिक्षिका कल्पना पनेरुविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षिका पनेरुको नियुक्ति गर्दा प्रचलित कानुन विपरीत गरिएको, राज्यकोषको रकम हिनामिना हुँदा आवश्यक कारबाही नगरेको, अस्थायी शिक्षकलाई प्रचलन तथा कानुन विपरीत काज सरुवा गरेको लगायतका आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको जनाएको छ।
आयोगका अनुसार उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुरमा सोही ऐनका दफा अनुसार कैद तथा जरिवानाको सजाय मागदाबी गरिएको छ।












