काठमाडौं । यातायात व्यवस्था कार्यालयका अधिकृत कमलराज गौतममाथि भ्रष्टाचार मुद्दा दायर भएको छ।
व्यवस्था कार्यालय पर्साका आठौँ तहका अधिकृत गौतमले पदमा बाहल हुँदा २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ ७१ पैसा गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
गौतम उक्त पदमा २०५५ साल वैशाख ७ गतेदेखि ०७९ चैत २४ थतेसम्म रहेको र िो अवधिमा २ करोड ८९ लाख २० हजार २६८ रुपैयाँ १८ पैसा वैध रकम जम्मा गरेको पनि अख्तियारले उल्लेख गरेको छ।
उनले सार्वजनिक पदमा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको र श्रीमती सरला नेपालको नाममा राखेको पाइएको पनि अख्तियारको दाबी छ। अख्तियारले नेपाललाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।












