काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बुधबार बझाङको बित्थडचिर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जना जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध मैदान निर्माण गर्दा गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।












