काठमाडौं । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको सुशासन, भ्रष्टाचार नियन्त्रण तथा कर्मचारी पृष्ठपोषण शाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र पोशाक लगाउनुपर्ने विषयमा कडाइ गरेको छ।
कार्यालयले यस सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयलाई पत्राचार गर्दै कार्यान्वयनका लागि आवश्यक कदम चाल्न निर्देशन दिएको छ।
दूरसञ्चार विज्ञ विशाल उपाध्यायले एयरलाइन्स र सम्बन्धित कर्मचारीका लागि अनिवार्य पोशाक र परिचयपत्र प्रणाली लागू गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निवेदन दर्ता गराएका थिए।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सो निवेदनको आधारमा अनिवार्य पोशाक र परिचयपत्र कार्यान्वयन गर्न मन्त्रालयलाई औपचारिक निर्देशन पठाएको छ।












