काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ११ कम्पनीहरूको वार्षिक साधारणसभा आज पुस २९ गते बस्दैछ। ती कम्पनीहरूले लाभांश वितरणलगायतका प्रस्ताव पारित गर्न साधारणसभा आह्वान गरेका हुन्।
आज साधारणसभा बस्ने कम्पनीहरूमध्ये २ वटा जीवन बीमा, ४ वटा निर्जीवन बीमा, ३ वटा लघुवित्त र २ वटा हाइड्रोपावर कम्पनी रहेका छन्।
साधारणसभा बस्ने जीवन बीमा कम्पनीमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्। त्यस्तै, निर्जीवन बीमा कम्पनीहरूमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्स रहेका छन्।
लघुवित्त कम्पनीतर्फ जीवन विकास लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्था रहेका छन् भने हाइड्रोपावरतर्फ अपी पावर कम्पनी र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको साधारणसभा आज बस्दैछ।
कम्पनीहरूको साधारणसभा भिन्नाभिन्नै स्थानमा बिहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म सञ्चालन हुने जनाइएको छ। साधारणसभा प्रयोजनार्थ सम्बन्धित सबै कम्पनीहरूले बुक क्लोज गरिसकेका छन्। यसअनुसार बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।












