Outline Khabar
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
                                                       
No Result
View All Result

मखनटोल आगलागी घटनाः घरमा बस्ने व्यक्तिहरुका बारेमा घरधनीसँग सूचना नहुँदा महिलाको मृत्यु

मखनटोल आगलागी घटनाः घरमा बस्ने व्यक्तिहरुका बारेमा घरधनीसँग सूचना नहुँदा महिलाको मृत्यु

काठमाडौं । आगो सल्किएको घरमा को को बस्छन् भन्ने सूचना नहुँदा काठमाडौँमा आज एक जना ज्येष्ठ नागरिकको ज्यान गएको छ । बुधबार बिहान करिब ६ बजेर ५० मिनेटमा दयाराम श्रेष्ठको कच्ची घरबाट आगो सल्किएको थियो । आगो फैलिएर छिमेकी रुकेश श्रेष्ठसहितका २ वटा घरमा क्षति भएको छ ।

Subisu

आगोले जलेका यी ३ वटै घर मालिकले यी घर भाडामा दिएर आफू अन्यत्र बस्दै आएका थिए । आगो सल्किएपछि घरमा भएका १ जना महिला, १ जना पुरुष र एक जना बच्चाको उद्धार गरिएको थियो । ती घरमा को को बस्थे भन्ने बारेमा घरधनीलाई समेत सूचना नभएपछि धुवाँले निसास्सिएर एक जना महिलाको ज्यान गएको वडा २४ का अध्यक्ष विनोद कुमार राजभण्डारीले जानकारी दिए ।

आगो नियन्त्रण गर्न जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौँ र ललितपुरका दमकल, अग्निनियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीसहित सुरक्षाकर्मी र स्थानीयबासीले प्रयास गरेका थिए ।

महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले घटनास्थलको अवलोकन गरेर ग्याँसबाट हुन सक्ने आगलागीको जोखिमबाट नागरिकलाई बचाउन ग्याँस, यसलाई बाल्न प्रयोग गरिने साधन तथा उपकरणको अनुगमनलाई बढाइने बताइन् । ‘महानगरपालिकाले अनुगमन थालेको छ । यसलाई तीब्र बनाउँछौँ । यसबाट सम्भावित जोखिमबाट बच्न मद्दत हुनेछ ।’

वडाध्यक्ष राजभण्डारीले, घरको तेस्रो तलामा चिया पकाउँदा ग्याँस लिक भएर आगो सल्किएको जानकारी दिए । सिसिटिभी फुटेजबाट प्राप्त दृश्य उदृत गर्दै उनले भने ‘एक जना महिला सडकमा आत्तिएर निस्किएको केही क्षणमा घरमा आगो देखियो । चिया पकाउँदा चुहिएको ग्याँसमा आगो सल्किएपछि उनी भोगेकी हुन सक्छिन् । यदि उहाँमा ग्याँस चुहिएर सल्किएको आगो नियन्त्रण गर्ने सिप भइदिएको भए आगोले विनाशकारी रुप लिन पाउने थिएन ।’ उहाँले मानवीय क्षतिका विषयमा भन्नुभयो, ‘घर भाडामा दिने घरधनीसँग आफ्नो घरमा को–को बस्छन्? थाहा नभएपछि चरीकोटे आमा (करिब ६५ वर्ष)का नामले चिनिने सडक किनारामा थोरै सामान बेचेर गुजारा चलाइरहेकी ज्येष्ठ आमाको मृत्यु भयो ।’

उनका अनुसार मृत्यु हुनुको कारण आगोले जलेर नभइ धुवाँले निसास्सिनु हो । घरको प्रयोग मानिस बसोबासका लागि भन्दा धेरै कस्मेटिक सामानको भण्डारणका लागि भएको उनले जानकारी दिए ।

विपदबाट बच्ने सिप र ज्ञानको अभाव, कुन घरमा को को बस्छन् भन्ने सूचना छिमेकी तथा सरकारी कार्यालयसँग नहुनुले सामान्य अवस्थामा नियन्त्रण हुने आगो निभाउर धेरै प्रयत्न गर्नु परेको थियो । जनधनको धेरै क्षति भएको छ । यो दुःखद पक्ष हो । यसलाई सुधार गर्ने दिशामा सबैले एक साथ काम गर्नु पर्ने पाठ लिनु पर्ने अवस्था भएको वडाध्यक्ष राजभण्डारीको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारले शेयर बजारमा सम्पत्ती शुद्धिकरणको छानबिन गर्दैन: अर्थमन्त्री वाग्ले

सरकारी कर्मचारीको इन्धन कटौती, मन्त्री र संवैधानिक पदाधिकारीको इन्धन सुविधामा चलेन कैँची

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

बिहीबारसम्म मुद्दा दायर नभए ओली र लेखक रिहा हुने

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host