पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिके डाँडामा बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो जीप आज दिउँसो सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्न बाँकी छ। घटनास्थलबाट शव निकाल्ने काम भइरहेको र मृतकका शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा घाइते भएका ६ जनालाई स्थानीय र प्रहरीको सहयोगमा तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिशकुमार कर्णले जानकारी दिए।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












