बागलुङ । बागलुङको गलकोट नगरपालिका–५ शिवालय मन्दिर नजिकै विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
शुक्रबार बिहान गलकोट बहुमुखी क्याम्पसको ग१झ ७४३ नम्बरको भ्यान हरिचौरबाट हटिया जाँदै गर्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।
दुर्घटनामा परेर १८ वर्षीया सुस्मिता विक, १८ वर्षीया प्रमिला विक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा घाइते भएका छन्। घाइतेहरूको उपचार हाल गलकोट नगर अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीका अनुसार तीव्र गति कारण भ्यान दुर्घटनामा परेको हो।












