काठमाडौं । जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस पार गर्ने क्रममा आज बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कार र रेल आपसमा ठोक्किएका छन्।
धनुषा प्रहरीले दिएको जानकारी अनुसार, भांगहा तर्फबाट जनकपुरतर्फ जाँदै गरेको रेलले थापाचोकतर्फबाट जानकी मन्दिरतर्फ जाँदै गरेको कारलाई लिक क्रस पार गर्ने क्रममा ठक्कर दिएको हो।
प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि कार र रेलको केही भागमा क्षति पुगेको छ। घटनाको विस्तृत विवरण संकलन भइरहेको छ।












