काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यात्रुवाहक बस दुर्घटनामा ४३ जना यात्रु भएको पुष्टि भएको छ।
प्रहरीका अनुसार दुर्घटना भएको बसमा चालक र सहचालकसहित ४३ जना सवार थिए। दुर्घटना भएको गाडी पोखराबाट काठमाडौं जाँदै गरेको बताइएको छ।
दुर्घटनामा १८ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको घटनास्थलमा खटिएका सशस्त्र प्रहरीले जनाएको छ।
उद्धार गरिएका १६ जना घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ भने अन्यको उद्धार कार्य जारी छ ।
यसैबीच घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव कुमार केसीले सेनाको हेलिकप्टर दुर्घटनास्थल नजिक ल्याण्ड भइसकेको बताए ।












