काठमाडौं । बाजुरामा मंगलबार नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। बा ५च २२०९ नम्बरको जिप दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जगन्नाथ गाउँपालिका–३ मा टेलिकमको जिप दुर्घटना भएको हो ।
मृत्यु
१-लोक बहादुर खड्का (नेपाल टेलिकम बाजुरा शाखा कार्यलय प्रमुख)
२-कर्ण महत (जिप चालक)
३-रबिन्द्र धामी (बाजुरा, बडिमालिका नगरपालिका-७ ढम्कने)
घाइते
१- अन्दाजी २५ वर्षीय नन्द तिरूवा (बाजुरा, बुढिनन्दा नगरपालिका-२ कोल्टी)
२-अन्दाजि २२ वर्षीयलोकेन्द्र तिरूवा (बाजुरा, बुढिनन्दा नगरपालिका-२ कोल्टी)
घाइतेलाइ कोल्टी अस्पतालमा ल्याइदै छ ।












