काठमाडौं । हेटौँडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६, जुरीखेतमा आइतबार साँझ सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटनामा परी घाइते भएका नौ जनामध्ये उपचारका क्रममा ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। घाइते अन्य यात्रुहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।












