काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक(टीआरसी)मा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन तयार हुनु नयाँ सरकारको राम्रो सुरुवात बताएका छन् ।
बुधबार प्रधानमन्त्री कार्यालयमा भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा प्रतिवेदन बुझाउने क्रममा उनले यसलाई एउटा राम्रो काम भन्ने ठानेको भन्दै सरकारलाई धन्यवाद दिए।

‘नयाँ सरकार गठन भएपछिको यसलाई मैले एउटा राम्रो काम भन्ने ठान्छु र सरकारलाई पनि धन्यवाद भन्न चाहन्छु। यसलाई संसदको समिति र सदनमा पनि यसैपटक जाओस् र यसलाई टुङ्ग्याइयोस् र आम नेपाली जनतालाई पनि शान्ति, स्थायित्व र प्रगतितिर जाने ढोका अझ राम्रोसँग खुलेको सन्देश दिइयोस् भन्ने मेरो चाहना छ’ उनले भने ।
लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निष्कर्ष दिन कठिन भएको यो विषय निष्कर्षमा पुगेको भन्दै खुसी पनि व्यक्त गरे।
‘बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन ७१ लाई संशोधन गर्न बनेको विधेयकका सन्दर्भमा कार्यदलले समझदारीका साथ एउटा प्रतिवेदन बुझाएको छ। अहिले जुन मेहनतका कार्यदलले पीडितमैत्री बनाउँदै निष्कर्षमा लागिएको छ यो सबैको लागि खुसीको कुरा हो’ उनले भने ।
यस्ता छन् टीआरसी विधेयकमा तीन दलबीच भएका सहमति













