काठमाडौं । राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले संविधान संशोधन संविधानमै व्यवस्था भएकाले यस विषयमा अनर्गल प्रचार नगर्न आग्रह गरेकी छन् ।
राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले संविधान जारी भएको झण्डै १० वर्षमा यसलाई समृद्ध बनाउन विभिन्न पक्षबाट माग भइआएको सन्दर्भमा देश र जनताको हितमा रहेर संविधान संशोधन गरी प्राप्त उपलब्धिको संस्थागत विकास र जनचाहना अनुरुप अगाडि बढ्नुपर्ने बताइन् ।
सांसद न्यौपानेले संविधानअनुरुप राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग र जातको हुनुपर्ने व्यवस्थाको कार्यान्वयन गर्न र कमजोरी रहेका विषयलाई संशोधन गरेर यसलाई सकारात्मक रुपमा अगाडि बढाउन सकिने धारणा राखिन् ।
हेर्नुहोस् भिडियो












