Outline Khabar
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
                                                       
No Result
View All Result

टान निर्वाचन : अध्यक्षका उम्मेद्वार सागर पाण्डेले अघि सारे तीन मुख्य एजेण्डा

टान निर्वाचन : अध्यक्षका उम्मेद्वार सागर पाण्डेले अघि सारे तीन मुख्य एजेण्डा

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को वार्षिक साधारणसभा एवम् निर्वाचन आगामी भदौ १७ गते हुने भएको छ । बुधबार बसेको टानको बैठकले वार्षिक साधारणसभा भदौ १७ गतेका लागि गर्ने निर्णय गरेको छ ।

साधारणसभाले टानको आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । टान पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन हो। टानको साधारणसभा घोषणा भएसँगै नयाँ नेतृत्वका लागि दौडधूप सुरु भइसकेको छ।

Subisu

सागर पाण्डे, राजेन्द्रप्रसाद सापकोटा, केशव पाण्डे, नविन त्रिताल र रामशरण थपलियालगायत अध्यक्षको दौडमा छन्। नेतृत्व लिन दर्जन बढी आकांक्षी रहेता पनि सागर पाण्डे र राजेन्द्रप्रसाद सापकोटाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

यसैबीच अध्यक्षका उम्मेदार घोषणा गरेका सागर पाण्डेले पहिलो चरणमा तीनवटा एजेण्डा अघि सारेका छन् ।

उनले व्यवसायी तथा मजदुरका विषयलाई लिएर राहत तथा उद्धार अक्षयकोषको स्थापना गर्ने, कानूनी परामर्श इकाईको गठन गर्ने र बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई गठनको कार्ययोजना अघि सारेका छन् । उनले आफ्ना ३ बुँदे कार्ययोजनामा सबै कर्मचारी तथा मजदुर साथीहरुका लागि राहत तथा उद्धार अक्षय कोषको स्थापना गर्ने बताएका छन् ।

पाण्डेले टान सदस्य कम्पनीको कर्मचारी, ट्रेकिङ गाइड वा मजदुर जुनसुकै वेला घाइते हुने, वा मृत्यू सम्म हुने अवस्था आइपर्ने उल्लेख गर्दै त्यस्तो समस्यामा उसलाई सहयोग गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित र व्यवहारिक बनाउन राहत प्रदान गर्नेगरी अक्षयकोष स्थापना गर्नु महत्वपूर्ण भएको उनले उल्लेख गरेका छन् । त्यसैगरी उनले व्यवसायीहरुलाई कुनै पनि बेला दिर्घकालीन रोग वा महंगो उपचार गर्नुपर्ने रोगहरु लागेको अबस्थामा अक्षय कोषले राहत दिने बताएका छन् ।

पाण्डेले टानमा एउटा अलगै विभागका रुपमा कानूनी परामर्श इकाइको आवश्यकता महसुस गरी कानूनी परामर्श इकाईको गठन गर्ने प्रतिबद्धता अघि सारेका छन् । यसबाट टानका साधारण सदस्यहरुले आफ्नो व्यवसाय सञ्चालनको क्रममा आइपर्ने कानूनी अड्चन, प्रशासननिक अप्ठ्याराहरु तथा अन्य कुनै किसिमको कानूनी परामर्श लिन पाउने उल्लेख छ । कानुनी समस्यालाई टानले सहजीकरण गरी समस्या समाधानका लागि पहल गर्ने उनले बताएका छन् । ।

यसैगरी बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श समितिको आवश्यकता पुरा गर्नेगरी बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई गठनको अबधारण पनि उनले पहिलो चरणको आफ्नो योजनामा अघि सारेका छन् ।

ट्रेकिङ एजेन्सीज एसोसियन अफ नेपाल (टान) को आसन्न अधिवेशनमा अध्यक्षको घोषणा गरेका सागर पाण्डेले पहिलो चरणमा अघि सारेका योजनाहरु जस्ताको तस्तै यहाँ प्रस्तुत गरिन्छ ।

सागर पाण्डेले अघि सारेका पहिलो चरणका योजनाहरु :

विगतमा लामो समय टानको कार्यसमितिमा रहेर काम गर्नुका साथै महासचिव जस्तो महत्वपूर्ण जिम्मेवारीमा समेत रहेर मैले काम गरिसकेको यहाँहरुलाई अबगत नै छ । यहाँहरुकै अनुरोध सुझाव र सल्लाहकै आधारमा यसपटक टानको नेतृत्वका लागि अध्यक्ष पदमा मैले उमेद्वारी दिने निर्णय गरेको छु । त्यसो त भाषण र कुरा भन्दा पनि काम नै गर्नुपर्छ भन्ने मेरो मान्यता छ । टानको नेतृत्वका लागि अध्यक्ष पदमा उमेद्वारी दिँदै गर्दा मैले टानमा गएर तत्काल गर्नुपर्ने पहिलो चरणका तीनवटा एजेण्डाहरु अघि सारेको छु ।

१.राहत तथा उद्धार अक्षयकोषको स्थापना

सबैभन्दा पहिले सबै कर्मचारी तथा मजदुर साथीहरुका लागि राहत तथा उद्धार अक्षय कोषको स्थापना गर्ने छु । कुनै पनि सदस्य कम्पनीको कर्मचारी, ट्रेकिङ गाइड वा मजदुर जुनसुकै वेला जुनसुकै समस्यामा पर्दा उसलाई सहयोग गर्नुपर्छ भन्ने मान्यतालाई स्थापीत र व्यबहारिक बनाउन राहत प्रदान गर्नेगरी अक्षयकोष स्थापना गर्नु महत्वपूर्ण ठानेको छु ।

त्यसका अतिरिक्त टानका सदस्य व्यवसायीहरुलाई कुनै पनि बेला दिर्घकालीन रोग वा महंगो उपचार गर्नुपर्ने रोगहरु लागेको अवस्थामा सोही कोषबाट राहत उपलव्ध गराइने यस कोषको लक्ष रहेको छ । कतिपय व्यबसायीहरु महंगो उपचार गर्नुपर्ने रोग लागेको अबस्थामा अहिले पनि उपचारबाट बंचित हुनुपर्ने अबस्था छ । त्यसो हुन नदिनका लागि यस कोषले व्यबसायीलाई सहयोग गर्ने छ ।

मुलत: व्यबसायी र कर्मचारी दुवै पक्षलाई फरक ढंगको राहतका राहत तथा उद्धार अक्षयकोषको स्थापना गर्ने लक्ष्य लिएको छु । एकवर्षभित्र कम्तिमा एक करोड बराबरको अक्षय कोषको व्यवस्थापन गरिने छ । यसको सुरुवाति एककरोड बजेट घोषणा गर्दछु । त्यसबारेमा अवधारणा बनाएर अघि बढ्ने कुरा यहाँ उल्लेख गर्न चाहन्छु ।

किन आवश्यक छ अक्षय कोष ?

टानमा आबद्ध सदस्य कम्पनीहरुमा कार्यरत पथ प्रदर्शक, अन्य सहयोगीहरु वा कुनै पनि कर्मचारी कुनै पनि समयमा समस्यामा पर्न सक्छ । प्राकृतिक रुपमा पदयात्राको क्रममा घाइते, बिरामी वा मृत्यु भएमा टानले त्यस्तो अबस्थामा राहत प्रदान गर्न जरुरी छ । जति वेला टानको समन्वयनमा अक्षय कोषले राहत प्रदान गर्ने छ ।

यसरी समन्वय गर्दा टान, सम्बन्धित ट्रेकिङ कम्पनी र पीडित पक्षबीचको समझदारी अनुरुपको क्षतिपूर्ति रकम पीडित पक्षलाई दिने व्यवस्था मिलाइनेछ ।

यस्तो सहमति गर्दा कानूनी सल्लाहकार टानबाट नै राख्ने व्यवस्था गरिने छ । तर टानका साधारण सदस्यहरुले पदयात्रमा काम गर्ने सम्पूर्ण कर्मचारीहरुको नेपाल सरकार श्रम ऐनले तोके बमोजिमको बीमा भने गरेको हुनुपर्नेछ । कोषको स्थापना सञ्चालन र वितरण विस्तृत कार्य विधिमा ल्याइनेछ ।

त्यसैगरी व्यवसायीको हकमा महंगो उपचार गर्नुपर्ने रोगहरु लागेको अबस्थामा र दिर्घकालीन रोगहरु लागेको अवस्थामा ती सदस्य व्यवसायीलाई उपचारका लागि राहत उपलव्ध गराउने पनि यस कोषको लक्ष रहेको छ ।

२ कानूनी परामर्श इकाईको गठन

टानमा एउटा अलग्यै विभागका रुपमा कानूनी परामर्श इकाइको आबश्यकता महसुस गरि कानूनी परामर्श इकाईको गठन गर्ने प्रतिबद्धता अघि सारेको छु । यसबाट टानका साधारण सदस्यहरुले आफ्नो व्यवसाय सञ्चालनको क्रममा आइपर्ने कानूनी अड्चन, प्रशासननिक अप्ठ्याराहरु तथा अन्य कुनै किसिमको कानूनी परामर्श लिन पाउनेछन् । समस्या हेरि टानले नै सहजीकरणसँगै समस्या समाधानका लागि पहल गर्नेछ ।

यस्तो व्यवस्थाले नयाँ वा भर्खर–भर्खर व्यवसाय सञ्चालन गरेका युवा तथा मेहनती उद्यमीहरुलाई विशेष सहयोग पुग्नेछ भने अरुलाई पनि सहजिकरण हुने छ । व्यवसाय गर्दा कतिपय कानूनी कुराहरुको ज्ञान नहुन सक्छ जसका लागि कुनै पनि कार्यमा कानूनी परामर्श जरुरी हुन्छ । कानूनी रुपमा कुनै पनि अफ्ठ्यारो अवस्था सृजना नहोस् भनेर यस्तो कानूनी इकाई गठन गरी समन्वयन तथा सहजीकरण गर्नुका साथै आवश्यक परामर्श उपलव्ध गराउन कानूनी परामर्श इकाई गठन गरिने छ ।

३.बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई

यसैगरी बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श समितिको आवश्यकता पुरा गर्नेगरी बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई गठनको अवधारण पनि मैले अघि सारेको छु ।

प्रत्येक आर्थिक वर्षको अन्त्यमा ट्याक्स/भ्याटको सीमा तथा नियमहरुमा फेरबदल भइरहने हुनाले कतिपय व्यवसायीहरु अलमलमा पर्ने तथा समस्यामा पर्ने गरेका छन् । त्यसका साथै बैंकिङ क्षेत्रसँग जोडिएको कर्जा, व्याज तथा अन्य परामर्शमा पनि यस समितिले सहयोग गर्ने छ । यस इकाई समितिले भ्याट, ट्याक्स तथा बैंकिङ क्षेत्रका बारे जानकारी गराउने, परामर्श दिने तथा आबश्यक प्रकृया पुरा गर्नमा सहजिकरण गर्ने र सम्बन्धित समस्या समाधानमा सहयोग गर्ने छ ।

यसबाहेक अन्य मेरा एजेण्डाहरु विस्तृत रुपमा केहीदिनमा यहाँहरु समक्ष ल्याउने छु ।
धन्यवाद

सागर पाण्डे, अध्यक्षको उमेद्वार
ट्रेकिङ एजेन्सीज एसोसियन अफ नेपाल (टान)

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

लिपुलेक हुँदै मानसरोवर यात्रा गर्ने विषयमा नेपालको आपत्ति, भारत र चीन दुवैलाई कूटनीतिक नोट

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता

ताजा समाचार

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

लिपुलेक हुँदै मानसरोवर यात्रा गर्ने विषयमा नेपालको आपत्ति, भारत र चीन दुवैलाई कूटनीतिक नोट

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host