काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक सरेको छ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न सोमबार बिहान ११ बजे बोलाइएको समितिको बैठक सरेको हो ।
दलहरु आन्तरिक छलफलमा रहेकाले बैठक ५ बजेका लागि सारिएको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेय जानकारी दिए ।
प्रधानलाई गत असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो।
त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो भने उनीविरुद्धका उजुरीमध्ये एक महिलाले आफूलाई यौन शोषण गरेको आरोप लगाएकी छन्।












