काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. अधिकारीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उपाध्यक्षमा नियुक्त अधिकारी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् ।
अधिकारी यसअघि योजना आयोगको सदस्य थिए । मन्त्रिपरिषद्ले आयोगका सदस्यहरूमा डा आरपी बिछा, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।












