काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले पार्टीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरू बुनिँदै छन् भन्ने कुरासुन्नमा आएको बताए ।
पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको र त्यसको गहन विश्लेषण गरेर जानकारी हासिल गरी पूर्ण सतर्कता अपनाउनुपर्ने उनको भनाइ थियो।












