काठमाडौं । प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्। यस्तै, आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन्।
आज बसेको मन्त्रिपरिषद्को बैठकले रिमाल र खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो। दुवैले मन्त्री वा सोसरह सुविधा पाउनेछन्।
यसअघि ०७४ मा ओली प्रधानमन्त्री रहेका वेला पनि रिमाल प्रमुख राजनीतिक सल्लाहकार थिए। रिमाल हाल एमालेको उपमहासचिव छन्।
डा. खतिवडा भने ओली नेतृत्वको मन्त्रिपरिषदमा अर्थमन्त्री थिए। डा. खतिवडा त्यसवेला राष्ट्रिय सभा सदस्य थिए। राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि पनि ओलीले उनलाई ६ महिनासम्म अर्थमन्त्री नियुक्त गरेका थिए।




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

