काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकाल केन्द्रीय समिति बैठकमा मुखमा कालो टेप टाँसेर उपस्थित भएका छन् ।
केन्द्रीय समितिको बैठक लाइभ नगर्ने निर्णयको विरोधमा महामन्त्री ढकाल बैठकमा मुखमा कालो टेप टाँसेर उपस्थित भएका हुन् । बालाजुस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर बैठक लाइभ नगर्ने निर्णयप्रति विरोध जनाएका हुन् ।
बैठक लाइभ नगर्ने निर्णय भएपछि आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएकाले बैठकमा मुखमा कालो टेप लगाएर उपस्थित भएको महामन्त्री ढकालले बताए ।
बैठकमा महामन्त्री ढकालको प्रतिवेदन, नयाँ सत्ता समीकरण र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)




