काठमाडौं । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन्। दुबईको प्रख्यात बुर्ज खलिफालाई पृष्ठभूमिमा राखेर महेशले अस्मितालाई औँठी लगाइदिएका हुन्।
महेशले फेसबुकमा अस्मितासँगका तस्बिरहरु राख्दै आफूहरुले इन्गेजमेन्ट गरेको जानकारी दिएका छन्। ‘सहयात्राको सुरुवात। वी आर इन्गेज्ड। आई लब यू,’ महेशले फेसबुकमा लेखेका छ्न्।












