काठमाडौं । बाढीले अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा नयाँ ट्रयाक खुलेसँगै करिब २० सवारीसाधन पार गराइएको छ।
सडक विभागका अनुसार परीक्षणका क्रममा काठमाडौं–चितवनतर्फ ग्यास बुलेटसहित २० सवारीसाधन र चितवन–काठमाडौंर्फ भारीसहित केही हलुका सवारी सफलतापूर्वक पार गराइएको हो।
बाँकी स्तरोन्नति र सुरक्षाको काम पूरा गरी असोज १ बिहीबारदेखि कृष्णभीर खण्ड पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी छ।












