काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यासको भाउ बढाएको छ।
खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १५० रुपैयाँका दरले बढेको हो। अब एउटा सिलिन्डर ग्यासको २ हजार १६० रुपैयाँ कायम भएको छ। आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ
यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो ।
हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले बढेको छ भने हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोमिटर अमेरिकी डलर ४६ ले बढेको निगमले जनाएको छ। त्यसैगरी हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकेभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको छ।
पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटेको छ। शुक्रबारदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेलमट्टितेल १२ रुपैयाँले घटाएको हो।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



