काठमाडौं। नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा ३ हजार र चाँदी १ सय रुपैयाँले घटेको छ।
आज सुन प्रतितोला २ लाख ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला ३ लाख ५०० रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको ४ हजार ९४५ रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार ४५ रुपैयाँमा कारोबार भएको
थियो।












