काठमाडौं। हिमालयन रिइन्स्योरेन्सका पूर्वअध्यक्ष शेखर गोल्छा बिहीबार काठमाडौको नक्सालबाट पक्राउ परेका छन्।
धितोपत्रसम्बन्धी कसूरमा गोल्छाालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता शिवकुमार श्रेष्ठले बताए। उनका अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा धितोपत्रसम्बन्धी कसूरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पनि हुन्।
हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छालाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका विभिन्न दफामा कसूर गरेको आरोप लागेको छ।












