काठमाडौं। नेपालमा पेट्रोल, डिजेल, मट्टीतेलसँगै खानापकाउने ग्यासको भाउ निरन्तर बढिरहेका बेला अब खानेपानीको मूल्य पनि बढेको छ ।
नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा उच्च वृद्धि भएक भन्दै मूल्य समायोजन गर्न आफ्ना सदस्य उद्योगलाई भनेको छ।
योसँगै अब जार पानी, मिनिरल वाटरसँगै प्रशोधित पानीको भाउ बढ्ने भएको छ।
महासंघले शनिबार विज्ञप्ति जारी गर्दै पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ (बोतल, क्याप, र्यापिङ रोल, जार र जारको क्याप ) सामग्रीको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको छ। डिजेल०को अत्यधिक मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेख्य रूपमा बढेकाले मूल्य बढाउनु परेको महासंघले भनेको छ।



![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)






![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

