काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको पहिलो विदेश भ्रमणको सुरुवात भारतबाट हुने भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी शाहलाई आफ्नो देश भ्रमणको निम्तो दिइसकेका छन्। निम्तो आएपछि नेपालले भ्रमणको आन्तरिक तयारी थालेको छ।
नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन हाल मौरिससमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले निम्तो प्राप्त भइसकेको बताए। खनालले भारतीय अनलाइन विअन (डब्ल्यूआईओएन)सँगको कुराकानीमा मोदीले शुभकामना सन्देश पठाउँदा नै भारत भ्रमणको निम्ता
पठाउँदा नै शाहको भारत भ्रमणबारे सैद्धान्तिक सहमति भइसकेको बताएका छन्।
‘हाम्रा प्रधानमन्त्री (बालेन्द्र शाह)ले बधाई सन्देशमा निमन्त्रणा प्राप्त गर्नुभएको थियो। प्रधानमन्त्रीले स्वीकार पनि गर्नुभएको छ। तर मिति र समय हाम्रा संयन्त्रहरूले निर्धारण गर्नेछन्,’ परराष्ट्रमन्त्री खनालले कुराकानीका क्रममा भनेका छन्।












