काठमाडौं। पोखराको फेवाताल चार किल्लाभित्र पर्ने जग्गाको वर्तमान अवस्था यकिन गर्न सरकारले ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभाग का महानिर्देशकको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिले फेवातालको चार किल्ला सीमाभित्र रहेका जग्गाको हालको अवस्था, निर्माण भएका संरचना तथा त्यहाँ भएका उपयोगबारे अध्ययन गर्नेछ।
फेवाताल क्षेत्रभित्र पर्ने सबै कित्ता जग्गाको यथार्थ विवरण संकलन गरी अभिलेखीकरण गर्ने तयारी गरिएको छ।
मन्त्रालयका अनुसार ताल क्षेत्रभित्र परेका निजी तथा सरकारी जग्गाको अवस्था, दर्ता स्थिति र प्रयोगको अवस्थाबारे विस्तृत अध्ययन गरिनेछ।
समितिलाई ताल क्षेत्रभित्रका सबै कित्ताको यकिन विवरणसहित प्रतिवेदन तयार गरी ७ दिनभित्र पेश गर्न निर्देशन दिइएको छ।












