काठमाडौं। नेपाल प्रहरीले प्राविधिकतर्फ ६०७ जनशक्तिका लागि शुक्रबार दरखास्त आह्वान गरेको छ।
प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना छनोट शाखाले सूचना जारी गर्दै प्राविधिक प्रहरी समूह अन्तर्गत रिक्त पदमा खुला प्रतियोगितामार्फत् पदपूर्ति गर्न लागिएको जनाएको छ।
प्रहरीमाप्राविधिक प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकदेखि जवानसम्म आवेदन माग गरिएको छ।
प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक लागि २५ चैतदेखि आगामी वैशाख २४ गतेसम्म आवेदन दिन सकिने छ।
त्यस्तै, प्राविधिक प्रहरी जवानका लागि २६ चैतदेखि आगामी ३१ वैशाखसम्म निवेदन दिन सकिने सूचनामा उल्लेख छ।












