काठमाडौं। आज बिहीबार देशका धेरैजसो ठाउँमा मौसम सफा छ। केही दिनयता काठमाडौंको आकाश धुम्म हुँदै आएकामा बिहीबार बिहानदेखि घाम लागेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसोपछि भने बादल लाग्न सक्छ।
आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभाग तथा गण्डकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ। मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत चेतावनी दिइएको छ।
राति गण्डकी प्रदेशको हिमाली भू(भागका एक-दुई स्थानमा हल्का वर्षा हुने देखिन्छ।
शुक्रबार गण्डकी र कर्णालीका हिमाली भूभागका थोरै स्थान तथा बाँकी हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना
छ। सबै प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।












