काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका ‘दुई वा तीन हप्ताभित्र’ इरान युद्धबाट बाहिरिने संकेत गरेका छन्।
‘हाम्रो ‘एउटै लक्ष्य’ भनेको इरानले कुनै पनि हालतमा परमाणु हतियार हासिल गर्न नपाओस् भन्ने थियो। यो लक्ष्य ‘अब हासिल भइसकेको छ,’उनले भने।
उनले अगाडि भने, ‘हामी इरानमा आफ्नो कामलाई अन्तिम रूप दिँदैछौँ। अमेरिका सायद दुई हप्ताभित्र, वा काम पूरा गर्न केही दिन थप बसेर इरानबाट बाहिरिनेछ।’
ट्रम्पले इरानका हरेक कुरा पूर्ण रूपमा समाप्त गर्न चाहेको पनि बताएका छन्। ‘यद्यपि त्यसअघि कुनै समझदारी हुन सक्ने सम्भावना पनि छ,’ उनले भने।
ट्रम्पले इरानमा ‘सत्ता परिवर्तन भइसकेको’ दाबी पनि गरे। उनका अनुसार, इरानका नयाँ नेताहरू अघिल्ला नेताहरूको तुलनामा ‘धेरै कम कट्टरपन्थी’ र ‘बढी तर्कसंगत’ छन्।












